गाैमुल खबर डटकम मङ्गलबार २५, चैत २०८१ ०३:३१

शिक्षक आन्दोलनमा अनेरास्ववियु नेता रोकाया-टपरलाई शिक्षक बनाउन दोब्बर तलब हुनुपर्छ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत २३, २०८१
शिक्षक आन्दोलनमा अनेरास्ववियु नेता रोकाया-टपरलाई शिक्षक बनाउन दोब्बर तलब हुनुपर्छ

बाजुरा ः पाँच दिनदेखि जारी शिक्षक आन्दोलनमा बोल्दै अनेरास्ववियुका महासचिव नरेश रोकायाले शिक्षण पेशामा टपरहरु ल्याउन तलब दोब्बर हुनुपर्ने बताएका छन् ।

देशमा डाक्टर, इन्जिनियर बन्छु भन्नेहरु धेरै भएको र शिक्षककै छोराछोरीहरुले समेत शिक्षक बन्ने सपना नदेखेको भन्दै रोकायाले भने, ‘विश्वविद्यालयका टपरहरुको पहिलो सपना टिचर र लेक्चरर बन्ने हुनुपर्छ ।’

अहिले गणित, विज्ञान तथा अंग्रेजी भाषाका शिक्षकहरुको माग भएको धेरै समयमा पनि पदपूर्ति नभएका उदाहरण दिँदै रोकायाले अब टपरहरुले शिक्षण पेशामा आउने माहोल बन्नुपर्ने बताए ।

उनले भने, ‘विकसित देशहरुको सबैभन्दा सम्मानित शिक्षण पेशा हो । तर नेपालमा त्यो हुन सकेको छैन । यो नसकेका कारण समस्या आइरहेको छ । यसलाई सम्मानित पेशा बनाउनुपर्दछ ।’

रोकायाले शिक्षकहरुको मार्यादाक्रम तोकिनुपर्ने भन्दै भारत, चीन तथा जापान देशमा जस्तै नेपालका शिक्षकहरुलाई पनि धेरै सेवा सुविधा हुनुपर्ने बताए ।

विद्यालय शिक्षा ऐन तत्काल बन्नुपर्ने पक्षमा बोलेका रोकायाले भने, ‘यसमा अनेरास्ववियुको साथ र समर्थन रहनेछ ।’

शिक्षकहरुलाई पनि समय अनुसार हिँड्न, दगुर्न र उड्न भन्दै रोकायाले भने, ‘गुरुहरुहरुले सतमार्गमा पठाएमा विद्यार्थीहरु सतमार्गमा हिँड्छन् ।’

प्रतिक्रिया