गाैमुल खबर डटकम बिहीबार २०, चैत २०८१ ०५:०६

सुरेश रजकको पोस्टमार्टम गर्न हच्किए डाक्टर, पुरै शरीरको एक्सरे गर्नुपर्ने माग

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत १८, २०८१
सुरेश रजकको पोस्टमार्टम गर्न हच्किए डाक्टर, पुरै शरीरको एक्सरे गर्नुपर्ने माग

काठमाडौं : शुक्रबार राजावादी प्रदर्शनको समाचार संकलनका क्रममा ज्यान गुमाएका क्यामेरा पर्सन सुरेश रजकको पोष्टमार्टम गर्न शिक्षण फरेन्सिक ल्याबका चिकित्सक नै पछाडी हटे ।

मृतकको तर्फबाट उनकी पत्नीले प्रहरीमा किटानी जाहेरी दिएपछि पोष्टमार्टमको प्रक्रिया शुरु हुनै लागेको थियो । तर, रजकमाथि गोली प्रहार भएका केही समाचार र सामाजिक सन्जालका टिप्पणी देखेपछि फोरेन्सिक ल्याबका चिकित्सकले पोष्टमार्टम गर्न मानेनन् ।

रजक कार्यरत एभिन्युज टेलिभिजनका समाचार प्रमुख केदार कोइरालाका अनुसार शरीरमा गोली छ भन्दाभन्दै त्यसबारे यकिन नगरी डाक्टरले पोष्टमार्टम गर्न नमानेका हुन् । उनको निर्देशनअनुसार पहिला पूरै शरीरको एक्सरेपछि पोष्टमार्टम हुने भएको छ । यद्यपि मृत शरीरको पूरै एक्सरे गर्ने मेसिन भेटिएको छैन्।

त्यसअघि रजकको परिवारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट दिएका थिए म थाइल्यान्ड भ्रमणबाट फर्किएपछि सम्पूर्ण माग सम्बोधन गर्ने आश्वासनपछि उनीहरू अन्त्येष्टि गर्न तयार भएका थिए । तर, पोष्टमार्टम गर्न चिकित्सक नै अनिच्छुक भएको टेलिभिजनका समाचार प्रमुख कोइरालाले बताए ।

मिडिया पर्सनकै विषयमा गोली छ र छैन भन्ने विवादका बीच पोष्टमार्टम गर्न उहाँ डराउनु भयोु, कोइरालाले भने । एक्सरे मेसिन भेरिए लगत्तै पोष्टमार्टम हुने उनले बताए ।

प्रतिक्रिया