गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०८:४२

आफ्नै घर फर्किए समाजवादीमा गएका कार्की

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत १९, २०८१
आफ्नै घर फर्किए समाजवादीमा गएका कार्की

बाजुरा ःनेकपा एकिकृत समाजवादी बाजुरा जिल्ला कमिटी सचिवालय सदस्य मान बहादुर कार्की एमालेमा फर्किएका छन् । नेकपा पार्टी विभाजनका बेला एकिकृत समाजवादीमा लागेका नेता कार्की पुनः एमालेमै फर्किएका हुन् ।

मंगलबार नेकपा (एमाले) जिल्ला कमिटी बाजुराको पाचौं बैठकको प्रारम्भमा नेता कार्की पार्टी प्रवेश गरेको प्रचारप्रसार विभाग प्रमुख राजन कुमार रोकायाले बताएका छन् ।

पुरानै घरमा फर्किएका नेता कार्कीलाई (एमाले) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लालबहादुर थापा, केन्द्रीय सदस्य सहदेव बोगटी, प्रदेश कमिटी उपाध्यक्ष काली बहादुर शाही लगायतका नेताहरुले स्वागत गरेका हुन् ।

प्रतिक्रिया