गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४१
Dho

नेपाली काँग्रेस बाजुराकाे आन्तरिक विशेष अभियान बडीमालिका नगरपालिकाबाट सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन २४, २०८०
नेपाली काँग्रेस बाजुराकाे आन्तरिक विशेष अभियान बडीमालिका नगरपालिकाबाट सुरु

बाजुरा : नेपाली काँग्रेसले दश दिने आन्तरिक विशेष अभियानको सुरुवात गरेसंगै बाजुरामा पनि मंगलबारबाट बडीमालिका नगरपालिकाबाट सुरु भएको छ । पार्टीको सुदृढीकरण र भातृ तथा भगेनी संगठनलाई पूर्णता दिने र पार्टीको क्रियाशिल नविकरण लगायतका विषयमा केन्द्रीय सर्कुलर अनुसार ७७ वटै जिल्लामा अभियान संचालन भएको छ ।  
पार्टीको निती विधान र सुदृढीकरणका लागि प्रत्येक जिल्लामा केन्द्रीय प्रतिधिनी खटाइएको छ । बाजुराका ९ वटै पालिकामा उक्त अभियानका लागि नेपाली काँग्रेसले प्रतिनिधी खटाएको नेपाली काँग्रेस बाजुराले जनाएको छ । 
अभियानमा नेपाली काँग्रेसका सह महामन्त्री बद्रीप्रसाद पाण्डे,केन्द्रीय प्रतिनिधी तथा केन्द्रीय सदस्य नृपबहादुर वड खटाइएको नेपाली काँग्रेस बाजुराकी प्रवक्ता रमाकुमारी रावलले जानकारी दिएकी छन् । 
मंगलबार नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिको आयोजनामा आन्तरिक विशेष अधियानको औपचारिक शुभारम्भ गरिएको छ ।  जिल्लाका ९ वटै पालिकामा केन्द्रबाट खटिएको टोली पार्टी सुदृढीकरणका लागि पुग्ने बताइएको छ । 
पार्टीलाई बलियो बनाउन,जनताका जनगुनासा सुन्न, विगतमा भएका कमि कमजोरीका विकषयमा समिक्षा गर्नका लागि पार्टी सुदृढीकरण अभियान थालिएको हो । 
नेपाली कांग्रेस बडिमालिका नगर कार्य समितिका सभापति गोपाल कार्कीको अध्यक्षतामा सञ्चालन भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका सह–महामन्त्री तथा प्रतिनिधी सभाका बद्रीप्रसाद पाण्डे प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप वड, जिल्ला कार्य समिति बाजुराका सभापति रामसिं रावल,निवर्तमान पार्टी सभापति कविराज पण्डित प्रदेश सभा (ख)  का सदस्य पदम बहादुर शाही, समानुपातिक प्रदेश सभा सदस्य महिला नेतृ जुना दानी,पुर्व संविधान सभा सदस्य महा नेपाली, काँग्रेस नेता चक्रबहादुर शाह विशिष्ट अतिथी रहेका थिए । 

कार्यक्रममा महाधिवेशन प्रतिनिधि,प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला कार्य समितिका पदाधिकारी, ९ वटै पालिकाका सभापति, नगरकार्य समिति गाउँ कार्यसमितिका पदाधिकारी , पार्टीको केन्द्र, प्रदेश र स्थानीय तहका भातृ संगठनका प्रमुख एवम् प्रतिनिधी लगायत पार्टीमा आस्थावान कार्यकर्ता लगायतको सहभागी थिए । 
नेपाली कांग्रेस जिल्ला कार्यसमितिका अनुसार साउन २४गते त्रिवेणी नगरपालिका,२५ गते बुढीगंगा नगरपालिका,२६ गते खप्तड छेडेदह गाउँपालिका र २७ गते गौमुल गाउँपालिकामा अभियान संचालन हुने भएको छ । 
यस्तै २९ गते हिमाली गाउँपालिका, ३० गते जगन्नाथ गाउँपालिका, ३१ गते स्वामिकार्तिक खापर गाउँपालिका र ३२ गते, बुढीनन्दा नगरपालिकामा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने कार्यतालिका जिल्ला कार्य समिति बाजुराको छ । 
केन्द्रबाटै खटाइएका केन्द्रीय सदस्य नृप बहादुर वड  र कांग्रेस केन्द्रीय सह महामन्त्री बद्रीप्रसाद पाण्डे ९ वटै पालिकामा जन गुनासा र सुझाव संकलनका लागि जाने भएका छन् ।

प्रतिक्रिया