बाजुरा ः नेपाल पत्रकार महासंघ केन्द्रीय सर्कुलर अनुसार जिल्ला शाखा बाजुराले पनि चरणवद्ध आन्दोलनमा आज ज्ञापन पत्र बुझाएको छ । आन्दोलनको तेस्रो दिन केन्द्रीय सर्कुलर अुनसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री कार्यालयकाे ध्यानाकर्षण गराएको छ ।
चैत्र १५ गते काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक प्रर्दशनका क्रममा अराजक समूहले एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको हत्या गरिएको र विभिन्न सञ्चार माध्याम माथि आक्रमण भएको विषयमा ध्यानाकर्षण गराउर्दै ज्ञापन पत्र बुझाएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका उपाध्यक्ष रमित विकले बताएका छन् ।
ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी कारबाही गर्न तथा उनीहरुको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चार माध्याम र सञ्चारकर्मी माथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन माग गरिएको सचिव प्रेम रौलेले बताएका छन् । ध्यानाकर्षणपत्र बुझाउन जिल्ला स्थित पत्रकारका संगठनका नेता तथा अन्य पत्रकारहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया