बाजुरा ःसत्तारुढ दल नेकपा एमालेले राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा जागरण सन्देश दिन देशव्यापी जागरण र्याली गरेको छ । सोही अनुसार नेकपा (एमाले) जिल्ला कमिटी बाजुराले पनि जनजागरण सभाको आयोजना गरेको हो ।
देशभरका जिल्ला सदरमुकाम र प्रमुख सहरहरूमा गणतन्त्रका पक्षमा जागरणसभा र मोटरसाइकल र्याली गरिएको हो । लोकतान्त्रिक गणतन्त्र सरकारको मात्र सरोकारको विषय नभई जनताको बलिदानीपूर्ण संघर्षको उपलब्धि पनि भएकाले त्यसको रक्षाको लागि एमालेले कार्यक्रम गरेको अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।
राजावादीको सक्रियता बढेपछि त्यसको प्रतिवाद गर्न एमालेले देशव्यापी अभियानको घोषणा यस अघि नै गरेको थियो । त्यहीँ घोषणा अनुसार आज र्याली गरिएको सचिव काँशी विकले बताएका छन् ।
एमालेले मात्रै नभई गणतन्त्र पक्षधर अन्य दलहरूले पनि राजावादीको जनआन्दोलनलाई प्रतिवाद गर्न देशव्यापी रूपमा आन्दोलन अगाडी बढाइरहेको छ । राजावादीहरूले शुक्रबार गरेको आन्दोलन तोडफोड र लुटपाटमा केन्द्रित भएपछि अहिले चर्को विवादमा फसेको छ ।
तीनकुने घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको ठहर गर्दै मुख्य राजनीतिक दलहरूले कारबाहीको चेतावनी दिइरहेका छन् । त्यही छेको पारेर आज एमालेले गरेको जागरण अभियानको लागि १० नारा तय गरेको छ ।
जसअनुसार हत्या, हिंसा लुटपाट बन्द गरे, जन्मसिद्ध अधिकार अस्वीकार गरौं, दास र रैती बन्न मञ्जुर छैन, हत्यारालाई कारबाही गर, शान्ति सुरक्षा कायम गर, सामाजिक अराजकता अन्त्य गर लगायतका नारा रहेका छन् ।
जागरणसभामा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा बाजुरा इन्चार्ज लालबहादुर थापा, केन्द्रीय सदस्य सहदेव बोगटी लगायत प्रदेश तथा जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया