बाजुरा ः नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको पाँचौं जिल्ला अधिवेशन सदरमुकाम मार्तडीमा आयोजना गरिएको छ ।
“जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशी प्रतिनिधित्वको संवैधानिक अधिकार सुनिश्चित गरौं” मुख्य नाराका साथ सम्मेलनको निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य लालबहादुर थापाले उद्घाटन गरेका छन् ।
जिल्ला अध्यक्ष शंकर चदाँराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य गगन रावल, पार्टी जिल्ला उपाध्यक्ष जनक कुमार बोहरा, सचिव काँशी विक लगायत जिल्ला कमिटी सदस्य लगायत अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । सम्मेलन पार्टी कार्यालयमा आयोजना गरिएको थियो । सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिने भएको छ ।
प्रतिक्रिया