बाजुरा ः बाजुराको सदरमुकाम मार्तडीमा आजबाट प्रथम बडीमालिका कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु भएको छ । बडीमालिका सामुदायिक विकास समाजको आयोजनामा प्रथम बडीमालिका महोत्सव सुरु भएको हो ।
उक्त महोत्वसको आईतबार एक औपचारिक कार्यक्रमबीच निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य लालबहादुर थापाले उद्घाटन गरेर शुभारम्भ गरेका छन् । आजबाट सुरु भएको प्रथम बडीमालिका महोत्सव चैत्र २७ गतेसम्म सञ्चालन हुने भएको छ ।
महोत्सवले बडीमालिका क्षेत्रको पर्यटन प्रवद्र्धन, रैथाने बालीको उत्पादन, प्रचारप्रसार र संरक्षण तथा स्थानीय कला संस्कृतिको जर्गेना हुने उदेश्यका साथ महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा महानायक राजेश हमालसँगै स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने बताईएको छ ।
बडीमालिका सामुदायिक विकास समाजका अध्यक्ष अमर विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान प्रतिनिधि सभा सदस्य तथा (एमाले) केन्द्रीय कमिटी सदस्य लालबहादुर थापाले रहेका थिए ।
त्यस्तै महोत्सव उद्घाटन समारोहमा गाउँ तथा नगरपालिका प्रमुख तथा उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष राजनीतिक दल, कलाकार, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।
आज पहिलो दिन वरिष्ठ डेउडा गायक नरेन्द्रराज रेग्मी, डेउडा गायिका विपना सिंह र डेउडा गायक लक्ष्मण अधिकारीले डेउडा गीत गाएर दर्शकलाई नचाएका थिए ।
प्रतिक्रिया