गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०५:३६

दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत १४, २०८१
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी

काठमाडौं : प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले प्रसाईंको खोजी भइरहेकाे छ।

गृह मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहसचिव छविलाल रिजालले उनलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । शुक्रबार दिउँसो उनी आफैं गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा उनी अघि बढेका थिए ।

त्यसक्रममा उनी ‘आओ-आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको भिडियोहरुमा समेत देखिन्छ । केही पर भने निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी उभिएका थिए । उग्र गाली गर्दै गाडी चलाउँदै अघि बढेका प्रसाईंले सुरक्षाकर्मीलाईसमेत अश्लिल गाली गरेका थिए ।

प्रहरीले उनको गाडी रोख्न खोजेको थियो । तर उनी भने प्रहरीलाई नै पेल्दै अघि बढेका थिए । निषेधित क्षेत्र तोडेर अघि बढेका प्रसाईंकै कारण राजावादीको आन्दोलन निकै उग्र बनेको थियो ।

पहिलो घेरामा रहेको प्रहरीको घेरा तोडेपछि तोडेपछि त्यसपछिका सुरक्षाकर्मी भने डराउँदै उनलाई बाटो छोडेको भिडिओमा देखिन्छ । सोही क्रममा अवस्था तनावग्रस्त बन्दै गयो । ठाउँ ठाउँमा तोडफोड र आगजनी समेत भयो ।

प्रतिक्रिया