गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५२
Dho

रोल्पा बस दुर्घटनामा ४ जनाको मृत्यु, १८ जना घाइते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन २३, २०८०
रोल्पा बस दुर्घटनामा ४ जनाको मृत्यु, १८ जना घाइते

बाजुरा : रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्वरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

सूचना अधिकरी भुसालका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।

यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको सूचना अधिकरी भुसालले बताए । बस त्रिवेणी गाउँपालिका-७ तिला रिचि गाउँ  भन्ने ठाउँमा दुर्घटना भएको थियो । सडकदेखि करिब १५० मिटर तल खसेको उक्त बसमा १९ जना यात्रू सवार रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया