काठमाडौं : प्रहरीले स्रोत नखुलेको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ । उक्त ट्रक टोखाको झोरबाट प्रहरीले बरामद गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिउँसो पत्रकार सम्मेलन गरेर उक्त रकम रसुवागढीको केरुङ नाका हुँदै चीनतर्फ लग्दै गरेको सूचनाको आधारमा बरामद गरिएको जनाएको छ ।
सोक्रममा ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका छन् । उनी यसअघि नै ७ किलो सुन तस्करी अभियोगमा ५ वर्ष जेल बसेर आएको खुलेको प्रहरीले जनाएको छ । हिजो राति ११ बजे ठूलो परिमाणमा यूरो तथा डलर रसुवा गढी नाका चीन कटाउन लागिएको सूचना प्रहरीलाई आएको थियो ।
ना.१ ख १६५२ नम्बरको मालबाहक ट्रक शंका लागेर रोकेर कार्यालयमा ल्याई खानतलासी गर्दा ट्रकको ड्राइभर बस्ने क्याबिनको ‘बोनट’ मा फल्स बटम बनाई लुकाइएको अवस्थामा भेटिएको प्रहरी अधिकारीले बताए ।
लामा भरियाको रूपमा चालक भएर काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अमेरिकी डलर ३ हजार ११९ ५० दरको १७९, ८ लाख यूरो ५८ हजार ८सय ५० रूपैयाँ बढी रहेको छ । अनुसन्धान अधिकृतहरुको अनुसार लामा राजश्व छलि तथा सुन चोरी पैठारी अभियोगमा पक्राउ परेका हुन् ।
उनले त्यतिबेला ५ वर्ष कैद भुक्तान गरेर छुटेका थिए । उनलाई महाशाखाले नै पक्राउ गरेको थियो । उनलाई राजश्व विभाग हरिहर भवन पठाइने छ । उनी भरियाको रुपमा मात्रै रहेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले पुरानाे घटना र अहिलकाे घटनालाई केन्द्रमा राखेर अनुसन्धान गरिने उनले बताए ।
प्रतिक्रिया