काठमाडौं : नेपाल प्रहरीले झण्डै २५ करोड नेपाली रुपैयाँ बराबरको अमेरिकन डलर र युरो बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डलर र युरो गरेर झण्डै २५ करोड नेपाली रुपैयाँ बराबरको डलरसहित एक जनालाई पक्राउ गरेको बताएको छ ।
अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार राति टोखा क्षेत्रबाट गाडीसहित उक्त रकम बरामद गरिएको हो । ‘यसबारे थप अनुसन्धान हुँदैछ’, बस्नेतले भने ,‘पैसा धेरै भएकाले मेसिन ल्याएर गन्ने काम हुँदैछ ।’
बस्नेतका अनुसार भेटिएको भनिएको रकम नेपाली रकम अनुसार अनुमानित हो । यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर आज नै जानकारी दिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया