गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५२
Dho

नेविसंघको तदर्थ समितिमा असन्तुष्टि, बाजुराका ६ जना मनोनित

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन २३, २०८०
नेविसंघको तदर्थ समितिमा असन्तुष्टि, बाजुराका ६ जना मनोनित

बाजुरा : नेपाली काँग्रेस निकट विद्यार्र्र्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिको सदस्य मनोनीतको बिषय बिवादित बनेको छ । एक जना संयोजककै भरमा चरिहेको संघको केन्द्रीय समितिलाई लामो समयपछि पूर्णता दिएको हो ।

घोषणा गरिएको ७ सय १० सदस्यीय केन्द्रीय समिति भद्दा र आफ्नाहरुलाई भर्ना गर्ने केन्द्रका रुपमा स्थापित भएकोमा विरोध गरेका छन् । संगठन निर्माणमा त्याग तपस्या गरेका र योगदान गरेका व्यक्तिहरुलाई छुटाएको आरोप सहीत सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

संगठनका सच्चा र इमान्दार नेता कार्यकर्तालाई पाखा लगाएर चाकडी गर्ने, नेताहरुको नजिक घुमिरहने र घरालतको राजनीतिसँग नजोडिएकाहरुलाई नै स्थान दिएर गठन गरिएको कमिटी विवादीत बनेको छ । धेरै जनाले सामाजिक सञ्जाल मार्फत एक गुट चलाउन खोजिएको र पकेटका मान्छेहरुलाई भर्ना गरेर नेविसंघको गरिमा नै घटाएको आरोप लगाएका छन् ।

५ सय ५१ जनाको कमिटी बनाउने समिति बेगर ७ सय १० जनाको सूची सार्वजनिक गरिएको र आफू अनुकुल गुट मिल्ले र चाकडीबाजहरुको झुण्डलाई मात्रै स्थान दिएकोमा चौतर्फी आलोचना भएको छ । नेपाली काँग्रेसका भातृसंगठनको पूर्णता दिने विषयमा पार्टी भित्रै ठुलो विवाद सुरु भएको छ ।

नेपाल महिला संघको ७७ वटै जिल्लामा समानान्तर कमिटी नै गठन गर्ने शेखर कोइरालाले सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छन् । नेविसंघको मनोनीत प्रक्रियापनि झनै विवादीत बनेको छ । बाजुराका नेविसंघका नेता कार्यकर्ताले अन्याय गरेको आक्रोश पोखेका छन् ।

बाजुराबाट नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी सुमन केसी, नेपाल विद्यार्थी संघ काठमाण्डौँ बाजुरा सम्पर्क समितिका कार्यवाहक अध्यक्ष थुमराज उपाध्याय, इन्जिनियरिङ्ग शिक्षा क्याम्पसका पूर्व इकाई सभापति दिपक बहादुर रोकाया, दिनेश शाही, खडक ऐडी, भरत बुढा, र जश बहादुर शाही मनोनित भएका छन् । बाजुराबाट जनक थापा, तपेश रावल, योगेन्द्र रावल, वीरेन्द्र गिरी सहीतका नेताहरु नअटाएकोमा विरोध भइरहेको छ । नेविसंघले इतिहासकै जम्बो कमिटी बनाएको छ । 

प्रतिक्रिया