गाैमुल खबर डटकम सोमबार ०३, चैत २०८१ ०४:३४

बाजुराका युवक बैतडीमा मृत फेला

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत ०३, २०८१
बाजुराका युवक बैतडीमा मृत फेला

बाजुरा ः बैतडीमा बेवारिसे अवस्थामा फेला परेको एक पुरुषको शवको पहिचान खुलेको छ । चैत्र २ गते बिहान बैतडीको दोगडाकेदार गाउँपालिका ५ दोलीमा खोलाको किनारामा मृत फेला परेका युवक बाजुराका रहेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृत फेला परेका युवक बाजुराको खप्तड छेडेदह गाउँपालिका-६ मैतोलाका अन्दाजी ३४ बर्षीय गोपाल नाथ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेले मृत फेला परेका नाथको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको बताए । मृतक युवकका आफन्तहरुलाई जिल्लामा बोलाएको र आवश्यक सोधपुछ गरिने उनले बताए ।

मृत फेला परेका नाथको शरीरमा कुनै घाउचोट पनि नरहेको र खल्तीमा नगद पैसा, मोबाइल समेत फेला परेको जनाएको छ । ती युवक भारतमा काम गर्ने गरेको बुझीएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया