गाैमुल खबर डटकम सोमबार ०३, चैत २०८१ ०२:२७

दुई गाउँका युवकहरूबीच विवाद एक जनाको हत्या, ९ जना पक्राउ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत ०२, २०८१
दुई गाउँका युवकहरूबीच विवाद एक जनाको हत्या, ९ जना पक्राउ

कालीकोट : युवकलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। विवादका क्रममा कुटपिट गर्नुका साथै चक्कु प्रहार गरेपछि तिलागुफा नगरपालिका-७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको थियो। घटनामा १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले जिल्लाको खाँडाचक्र नगरपालिका-१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। रातीको समयमा गाउँमा रतेडी हेर्न जाँदा दुई गाउँका युवकहरूबीच झगडा भएको थियो।

झगडाले ठूलो रूप लिएपछि कुटपिट र चक्कु प्रहारबाट एक जना किशोरको घटना स्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले बताए। उनले भने, ‘एउटा समूहको कुटपिट र खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो।

कुटपिट तथा चक्कु प्रहारमा संलग्न भएकाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।’ उक्त घटनामा थप संलग्न युवालाई प्रहरीले खोजी कार्य जारी राखेको छ।

खाँडाचक्र नगरपालिका-१० चौकीस्थित हस्तबहादुर मल्लको नयाँ घरको पूजा र रमाइलो हेर्न आएका उनीहरूबीच विवाद भएको थियो। पूजाआजा गर्ने घरका श्रीमान श्रीमतीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया