गाैमुल खबर डटकम सोमबार ०३, चैत २०८१ ०१:०८

परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई एक दिने अभिमुखीकरण सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत ०२, २०८१
परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई एक दिने अभिमुखीकरण सम्पन्न

चैत ७ गतेबाट हुन लागेको माध्यमिक तहको एसइई परीक्षामा खटिएका परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई एक दिने अभिमुखीकरण तालिम सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ  ।

शिक्षा विकास तथा समन्वय इकाई बाजुराको आयोजनामा जिल्लामा रहेका माध्यमिक तहमा अध्यापन गराउदै आएका शिक्षकहरुलाई केन्द्राध्यक्षको जिम्मेवारी दिएपछि आइतबार उनीहरुलाई परिक्षा संचालनका विषयमा जानकारी सहित अभिमुखीकरण गरिएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका निमित्त प्रमुख टिकाराम जोशीले बताउनुभएको छ ।

बाजुरा जिल्लामा  १७ परिक्षा केन्द्रमा खटिएका परिक्षा केन्द्राध्यक्षहरुलाई परिक्षा केन्द्रमा अपनाउनु पर्ने निती नियम,परिक्षामा परिक्षार्थीहरुलाई आइपर्ने समस्या र परिक्षा संचालन गर्दा हुने बाधा व्यवधानको विषयमा सहजीकरण गरिएको छ ।

यो वर्ष बाजुरा जिल्लामा ३ हजार १८ जना विद्यार्थीहरु एसइई परिक्षामा सम्मिलित हुने छन् । ६६ वटा सामुदायिक र १ संस्थागत विद्यालय गरी ६७ विद्यालयका विद्यार्थीहरु एसइइ परिक्षामा सहभागी हुन लागेको जोशीले बताउनु भएको छ ।  ९ वटै स्थानीय तहका १७ परिक्षा केन्द्रमा नियमित,ग्रेडवृद्धि, प्राविधिकतर्फका विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास समन्वय इकाई बाजुराका प्रमुख जोशीले बताएका छन् ।

उहाले दिएको जान्कारी अनुसार  बडीमालिकामा चार बुढीगंगामा तीन,त्रिवेणीमा दुई, बुढीनन्दा नगरपालिकामा एक परिक्षा केन्द्र तोकिएको छ भने , हिमालीमा दुई,स्वामीकार्तिकमा दुई,जगन्नाथमा एक,खप्तड छेडेदहमा एक र गौमुल गाउँपालिकामा एक परिक्षा केन्द्र तोकिएका छन् ।

चैत ७ गतेबाट हुने बाजुरा जिल्लामा परिक्षामा नियमित साधारण तर्फ दुइ हजार दुई सय १५ जना,नियमित प्राविधिकमा एक सय २ जना,ग्रेडवृद्धि साधारणमा ६ सय ६८ जना र ग्रेडवृद्धि प्राविधिकमा ३३ जना सहभागी हुने भएका छन् । भने ०७८।०८९ को पुरानो परिक्षार्थी २५ जना परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बाजुराको तथ्यांकमा छ ।

जिल्ला परिक्षा समन्वय समितिका अध्यक्ष  तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रममा समितिका सदस्य तथा प्रहरी नायब उपरिक्षक दीलिप कुमार गिरी ,शसस्त्र प्रहरी नायव उपरिक्षक श्याम रावत,नेपाल शिक्षक महासंघ बाजुराका अध्यक्ष पूर्णबहादुर खाती, नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेमबहादुर रौले अतिथि रहेका थिए ।

अभिमुखीकरण कार्यक्रममा १७ वटै परिक्षा केन्द्रका केन्द्राध्यक्षहरु सहभागी थिए । शिक्षा विकास तथा समन्वय इकाई बाजुराकी प्राविधिक बसन्ती बुढाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया