गाैमुल खबर डटकम सोमबार ०३, चैत २०८१ ०२:१५

रेडियो बाजुरा १८ औं वर्षमा प्रवेश

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत ०२, २०८१
रेडियो बाजुरा १८ औं वर्षमा प्रवेश

बाजुरा ः रेडियो बाजुरा आजबाट १७ वर्ष पुरा गरी १८ वर्षमा प्रवेश गरेको छ । २०६४ साल चैत्र ३ गतेबाट प्रशारण सुरु गरेको रेडियो बाजुराले आफ्नो यात्राका १७ बसन्त पुरा गरी आजबाट १८ औं वर्षमा प्रवेश गर्न लागेको हो । दिवसको अवसर पारी रेडियो बाजुराले विहान दिप प्रज्वलन सहित मनाउने भएको छ । सञ्चालक समिति अध्यक्ष लालबहादुर ओलीले रेडियोका श्रोताहरुलाई शुभकामना सन्देश दिने कार्यक्रम रहेको छ ।

भने रेडियोका श्रोता, विज्ञापन दाता, सरोकारवाला निकायका व्यक्तिहरुका प्रतिक्रिया प्रशारण गर्ने भएको छ । सरोकारवाला निकाय, स्थानीय सरकारका प्रतिनिधि, लक्षित श्रोता, साझेदार निकायसँग दिनभर प्रतिक्रिया लिने कार्य गरिएको र प्रशारण गर्ने, श्रोताका प्रत्यक्ष कार्यक्रम मार्फत दिउँसो १ बजेबाट लाइभ कार्यक्रम गर्ने तयारी गरिएको स्टेशन प्रबन्धक कृष्ण ओलीले बताएका छन् ।

सूचना, सुशासन र समुन्नतीका लागि रेडियो बाजुरा भन्ने मुल सन्देशका साथ सञ्चालित रेडियो हाल १८ घण्टा प्रशारणमा रहेको छ । जिल्लामा सञ्चालित चार वटा सामुदायिक रेडियो मध्ये पहिले स्थापना भएको रेडियो बाजुराले समुदायको साथी, सूचना, सुशासन र समुन्नतीको सारथीको भूमिकामा प्रस्तुत भईरहेको छ ।

सकारात्मक विकास र समुदायका दैनिक जीवनसँग जोडिएका विषय, सवाल र सन्दर्भलाई पैरवी र बहस गर्नु पहिलो जिम्मेवारीका साथ सामाग्रीहरु प्रशारण गरिरहेको छ । ५ सय मेघावाट क्षमताको रेडियो बाजुरा बाजुरा सहीत अछाम, बझाङ्ग, डोटी, मुगु र कालिकोट आफ्नो प्रशारण प्रभाव बढाएको छ ।

भने अनलाईन र इन्टरनेट मार्फत विश्वव्यापी रुपमा सहज सुन्न सकिने अवस्थामा आईपुगेको छ । दैनिक १८ घण्टा नियमति सञ्चालन भईरहेको रेडियो बाजुराले ८ बुलेटिन आफ्नै उत्पादनको समाचार र ७० प्रतिशत स्थानीय स्तरमै उत्पादन गरिएका सामाग्री प्रशारण गरिरहेको छ ।

ती मध्ये ४० प्रतिशत सन्देश र शिक्षा मुलक, ३० प्रतिशत सूचना मुलक र ३० प्रतिशत मनोरञ्जन मुलक कार्यक्रम प्रशारण हुने गरेका छन् ।  बाल अधिकार र विकास, नारी आवाज, हामी किशोरी, छोरी आवाज, शैक्षिक दियालो सहीतका कार्यक्रम स्थापना कालदेखि नै उत्पादन प्रशासन गर्दै आएको छ । भने सामुदायिक रेडियो प्रशारक संघ अकोराब, विबिसी मिडिया एक्सन, इक्वल एक्सेस, एन्टेना फाउन्डेशन नेपाल, सहीतका केन्द्रीय सञ्चार गृहसँगको पनि सहकार्य गरिरहेको छ । 
 

प्रतिक्रिया