गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३१
Dho

कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा खोलामा फसेका चार जनाको उद्धार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन २३, २०८०
कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा खोलामा फसेका चार जनाको उद्धार

बाजुरा : नदी र खोलामा फसेका कञ्चनपुरका चारजनाको सशस्त्र प्रहरीे बलले उद्धार गरेको छ। नदी र खोलामा पानीको सतह बढेपछि जोखिममा परेका चार जनाको सशस्त्र प्रहरीले उद्धार गरेको हो। सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणले शुक्लाफाँटा र कृष्णपुरका महिलाको उद्धार गरेको छ। गएराति स्याली नदीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ की ४० वर्षीया निर्मला भण्डारी र ३५ वर्षकी गोमती साउदको उद्धार गरिएको छ।

यसैगरी, ओदाल खोलामा फसेका कृष्णपुर नगरपालिका–१ पहरियाका ३३ वर्षीया तारा भुल र सीता भुलको पनि उद्धार गरिएको छ। घाँस काट्न गएका भण्डारी, साउद घर फर्किने क्रममा स्याली नदीको बहाव बढेपछि विपतमा परेका थिए। उनीहरूको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरका गणपति प्रेमबहादुर रावल नेतृत्वको टोलीले उद्धार गरेको हो।

प्रतिक्रिया