गाैमुल खबर डटकम सोमबार ०३, चैत २०८१ ०१:२१

किशोरी समूहले गरे बाटो निर्माण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत ०२, २०८१
किशोरी समूहले गरे बाटो निर्माण

बाजुरा ः खप्तड छेडेदह गाउँपालिका-६ नाईनामा किशोरी समूहले बाटो निर्माण गरेका छन् । वर्षाका बेला पहिरोले भत्किएको बाटो किशोरी समूहको सक्रियतामा निर्माण गरिएको हो ।

नाईना गाउँको बाटो गत श्रावणको महिनामा पहिरोका कारण भत्किएर स्थानीयलाई हिडडुल गर्न समस्या भएको भएपनि सोही बाटो प्रयोग गरेर हिड्ने गरेका थिए ।

सामाजिक काममा किशोरीले पनि क्रियाशीलता देखाउछन् भन्ने सन्देश दिनका लागि बाटो निर्माण गरिएको स्थानीय अगुवा किशोरी कल्पना रावतले बताएकी छन् ।

स्थानीयलाई समेत चुनौती दिन गरी स्वंयम किशोरी समूहले बाटो निर्माण गरी स्थानीयलाई आउजाउमा सहज भएको छ ।

सबै कामका लागि बजेट पर्खिने चलनको समेत अन्त्य गर्नका लागि राम्रो सन्देश दिएको महिला विकास मञ्च बाजुराका कार्यक्रम प्रबन्धक कृष्णा दानीले बताएकी छन् ।

पछिल्लो समय जिल्लामा विभिन्न किशोरी समूह सामाजिक कार्य क्रियाशील रहेका छन् । समाज सचेत पार्नेदेखि सकारात्मक सन्देश छरिरहेका छन् । 


 

प्रतिक्रिया