गाैमुल खबर डटकम शनिबार ०१, चैत २०८१ ०३:५५

बझाङमा होली खेलेर ८ लाख संकलन

बझाङ
गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत ०१, २०८१
बझाङमा होली खेलेर ८ लाख संकलन

बझाङ ः बझाङमा होली खेलेर ८ लाख संकलन गरिएको छ। जिल्लाको बुङ्ङ्गल नगरपालिका-५ स्थित भैरव आधारभूत विद्यालयले होली खेलेर ८ लाख ३५ हजार ५६७ रुपियाँ सङ्कलन गरेको हो।

विद्यालय व्यवस्थापन समितिले फागुन २४ देखि २९ गतेसम्म स्थानीय गाउँमा होली कार्यक्रम आयोजना गरेर सो रकम सङ्कलन गरेको जनाएके छ।

होली कार्यक्रमबाट सङ्कलित रकमलाई विद्यालय व्यवस्थापन समितिले माध्यमिक तह निर्माण गर्नेदेखि लिएर निजी स्रोत तथा अतिरिक्त शिक्षकको तलब तथा व्यवस्थापनका लागि खर्च गरिने विद्यालयका प्रधानाध्यापक मङ्गल नाथले बताए।

प्रतिक्रिया