बाजुरा : डेउडा गायिका शोभा थापा ‘जसुदा’ संगीत पुरस्कार २०८० बाट सम्मानीत भएकी छन् । डेउडा गीत संगीतमा पुर्याएको योगदान वापत शोभा थापा नगर २५ हजार राशीको ‘जसुदा’ संगीत पुरस्कारबाट सम्मानित भएकी हुन् ।
सानै उमेरदेखि गीत संगीतमा सक्रिय थापाले सयैको संख्यामा गीत गाएकी छन् । काठमाडौंमा श्रीमान विजय थापासँग सहकार्य गरि आफ्नै स्टुडियो समेत बनाएर दुई दशक देखि संगीत कर्ममै व्यस्त छिन् ।
०६०/६१ सालदेखि हाल कलाकारिता क्षेत्रमा थापाले अधिवक्ता श्री भोजराजद्धारा स्थापित नगद २५ हजार राशीको ‘जसुदा’ संगीत पुरस्कार प्राप्त गरेकी हुन् । पश्चिम साहित्य समाज धनगढीले स्रष्टा सम्मान कार्यक्रम मार्फत पुरस्कार हस्तान्त्रण गरेको हो । थापाले दर्जन बढी पुरस्कार र सम्मान पाइसकेकी छन् । भने गीत संगीत कर्मबाटै आफ्नो नाम र दाम समेत कमाउन सफल छन् ।
बाजुरामा जन्मेकी थापाले हाल काठमाडौंलाई कर्मथलो बनाएकी छन् । उनले आफ्नो योगदानको कदर गर्ने र सम्झीएर सम्मान गर्ने आयोजक र संस्थाप्रति धन्यवाद दिएकी छन् । भने यो स्थानसम्म पुर्याउन सहयोग गर्ने आमाबुबा र आफन्तलाई पनि सामाजिक सञ्जाल मार्फत धन्यवाद दिएकी छन् ।
प्रतिक्रिया