गाैमुल खबर डटकम बुधबार २८, फागुन २०८१ ०१:२०

सुदूरपश्चिमका प्रदेश प्रमुखलाई आदिवासी जनजाति आयोगले प्रतिवेदन बुझायो

धनगढी
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन २३, २०८१
सुदूरपश्चिमका प्रदेश प्रमुखलाई आदिवासी जनजाति आयोगले प्रतिवेदन बुझायो

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँलाई आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन बुझाएको छ । आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई शुक्रवार बुझाएको हो ।

आयोगले गरेका गतिविधि, आदिवासी जनजातिको तथ्याङ्क, उनीको अवस्था, राजनीतिमा आदिवासी जनजातिको पहुँच लगाएतका विषयहरू समेटिएको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइएको हो । आयोग सदस्य सूर्यबहादुर गुरुङले प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रतिवेदन बुझाएका हुन् । 

प्रदेश प्रमुख मियाँले आदिवासी जनजाति आयोगको प्रतिवेदन अध्ययन गर्ने बताए। उनले प्रतिवेदनमा समावेश भएका विषयमा प्रदेश सभा सदस्यहरूलाई आवाज उठाउन लगाउने उनले बताएका छन् । उनले प्रदेशमा रहेका आदिवासी जनजातिहरूको पक्षमा प्रदेश सभामा बोल्न लगाउने बताएका हुन् । 

आदिवासी जनजातिका समस्या समाधानका लागि सम्बन्धित निकायलाई पहल गर्ने बताएका छन् । आयोगले अभौतिक सांस्कृतिक सम्पदा सूचिकरण सम्बन्धी अन्तरक्रिया गरेको छ। आयोगका सदस्य गुरुङले सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा आदिवासीहरूको सङ्ख्या कम रहेको बताएका छन् । उनले आयोगको प्रतिवेदनमा सुदूरपश्चिमको अवस्थाको विषयमा छुट्टै लेखिएको समेत बताएका छन् ।

प्रतिक्रिया