गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:१९

नशा नशामा, रगत रगतमा बोलको गीतबाट भाईरल बनेकी राधिकाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन १८, २०८१
नशा नशामा, रगत रगतमा बोलको गीतबाट भाईरल बनेकी राधिकाको मृत्यु

बाजुरा ः पछिल्लो केही समय सोसल मिडियामा चर्चित बनेकी राधिका वादीको मृत्यु भएको छ । ४२ वर्षीया राधिका वादीको आईतबार बिहान कालिकोटको पलाता गाउँपालिका–४ थीरपुरमा मृत्यु भएको हो ।

पछिल्लो दुई दिनदेखि बिरामीले थला परेकी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले बताएका छन् ।

बडीमालिका नगरपालिका-२ थली स्थायी घर भएकी राधिकाले नशा नशामा, रगत रगतमा भन्ने बोल मौलिक लोकगीत सर्वाधिक चर्चामा पुगेको थियो ।

स्वयंम राधिकाले मादल बजाएर गीत गाएकी थिईन्, भने उनका श्रीमान जोगगिरी वादीले ताली बजाएर स्वरमा साथ दिएका थिए । मौलिक स्वर दिएकी गीत पत्रकार प्रकाश सिंहले रेकर्ड गरेका हुन् ।

राधिकाको एकाएक मृत्युको खबरले सामाजिक सञ्जालमा उनका दर्शक श्रोता दुःखी भएका छन् । मृत्युको कारण भने खुल्न सकेको छैन् । 

नशा नशामा, रगत रगतमा बाेलकाे गीत प्रल्हाद सुवेदीकाे शब्द रचनामा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीकाे स्वर रहेकाे ५ । 

प्रतिक्रिया