बाजुरा : बाघको आक्रमणबाट बाजुरामा ४५ बाख्रा मरेका छन् । जिल्लाको हिमाली गाउँपालिका ५ क्युडीका किसान हिमाल बुढथापाका ४५ बख्रा बाघले मारेका हुन् ।
विहीबार विहान आफू बस्ने घरभन्दा करिब एक सय मिटर टाढा रहेको गोठमा बाघ पसेर केही बाख्रा मारेका र खाएको अवस्थामा भेटाएको पीडित बुढथापाले बताए ।
बाघको आक्रमणबाट बाख्रा मरेका भेटाएपछि उनले लगत्तै अस्थायी प्रहरी पोष्ट कुवाडीमा खबर गरेका थिए । खबरपछि प्रहरीको टोली घटनास्थलमा पुगेको र ४५ बाख्रा मध्ये गोठभित्र मारेका तथा साना पाठा खाएको फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाघले बाख्रा मारेपछि उनी चिन्तित भएको छन् । भने गाउँका स्थानाीय त्रसित भएका छन् ।
प्रतिक्रिया