गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:४६

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन १३, २०८१
सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं : स्थानीय बजारमा  सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको ५ सय रुपैयाँले बढेर प्रतितोलाको १ लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ। 

सोमबार प्रतितोला सुनको मूल्य १ लाख  ७० हजार ८ सय रुपैयाँ कायम भएको थियो। सुनको मूल्य वृद्धि भएपनि चाँदी भने घटेको छ।यसदिन  १५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया