गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:३७

बैतडीमा जीप दुर्घटना, ५ जना घाइते

बैतडी
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन ११, २०८१
बैतडीमा जीप दुर्घटना, ५ जना घाइते

बैतडी ः बैतडीमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सुर्नया गाउँपालिका-८ बाट ढोले बजारतर्फ आउदै गरेको से १ ज ४१४ नम्बरको जिप बजालाउनेधारमा दुर्घटना हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका ५३ वर्षीय शिव बहादुर पार्की, सोही ठाउँका ४८ वर्षीय तेज पार्की र ३६ वर्षीय दिपक कैनी, दिपेन ताम्रकार र निकास ताम्रकार रहेको ढोले प्रहरी चौकीका निमित्त इन्चार्ज मदन सुनारले जानकारी दिए ।

घाइते शिव, तेज र दिपकलाई उपचारको लागि डडेल्धुरा पठाइएको छ । दिपेन र निकासको अवस्था समान्य रहेको र उनिहरुलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक केशव कौनी फरार रहेका छन् ।

जिपमा ३५ वटा बाख्रा रहेको र ३ वटा बाख्राहरु मरेको र ५ घाइते भएको पनि ढोले प्रहरी चौकीले जनाएको छ । कच्ची सडकखण्डको उकालोमा चढ्न नसकी ब्याक भएर दुर्घटना भएको र सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ।

प्रतिक्रिया