डाेटी ः डोटीमा चार वटा घरमा आगलागी हुँदा एक लाख बढीको क्षति भएको छ । आईतबार सायल गाउँपालिका-३ वेटाराका पदी बिष्टको चौपाया बाँध्ने एक तले खरले छाएको छानामा खाना पकाउने क्रममा अचानक आगोको झिल्का परी आगलागी हुँदा त्यहीँ ठाउँ बस्ने प्रताप बिष्ट, चन्द्र बिष्ट र नर बिष्ट सहित चार जनाको एक तले छानामा समेत आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले आगलागीमा परी पदी विष्टका २ वटा गाइका बाच्छा जलेर घाइते भएको बताए । आगलागीबाट एक लाख ४० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया