गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ ११:०६

एमाले बुढीनन्दामा हेम रोकाया निर्वाचित, उपसचिवको खारेज

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन १०, २०८१
एमाले बुढीनन्दामा हेम रोकाया निर्वाचित, उपसचिवको खारेज

बाजुरा ः नेकपा (एमाले) बुढीनन्दा नगर कमिटीको दोस्रो अधिवेशनबाट हेम रोकाया निर्वाचित भएका छन् ।

बुढीनन्दा नगरपालिकाको केन्द्र कोल्टीमा भएको निर्वाचनमा उनका प्रतिष्पर्धी हरिचन्द रेग्मीलाई ४ मतान्तरले पराजित गर्दै विजयी भएको निर्वाचन अधिकृत धर्मराज पाध्यायले बताएका छन् ।

रोकायाले आफ्नो पक्षमा ५१ मत ल्याएर विजयी भएका हुन्, भने निकटतम प्रतिष्पर्धी रेग्मीले ४७ मत ल्याएका हुन् । त्यस्तै उपाध्यक्ष दुर्गा रावतले ५२ मत ल्याएर विजयी भएकी छन् ।

उनका प्रतिस्पर्धी खडक विष्टले ४१ मत ल्याएका हुन् ।  सचिवमा मनहादुर रोकाया निर्विरोध निर्वाचित भएका छन्, भने उपसचिवमा पनि दीपक बोहरा निर्विरोध निर्वाचित भएका छन् ।

उपसचिव समावेशी कोटा अन्तर्गत महिलाको उम्मेवारी भने मापदण्ड नपुगेका कारण खारेज गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

अधिवेशनमा उम्मेदवारहरुबीच सहमति हुन नसकेपछि निर्वाचन गरिएको हो । नेताहरुले नगर कमिटीको अधिवेशनमा सहमति गर्न अन्तिम प्रयास गरेका थिए । 
 

प्रतिक्रिया