गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४०
Dho

हिमाली गाउँपालिका–१ मा भालुको आक्रमणबाट ३० बाख्रा मरे

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, साउन २१, २०८०
हिमाली गाउँपालिका–१  मा भालुको आक्रमणबाट ३० बाख्रा मरे

बाजुरा : बाजुरामा भालुको आक्रमणबाट ३० बाख्रा मरेका छन् । जिल्लाको हिमाली गाउँपालिका–१ टिनका वीरबहादुर बोहराका ३० बाख्रा भालुको आक्रमणमा परी मरेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गत  बिहीबार दिउँसो गाउँ नजिकैको गैरी पाटनको जंगलमा चरिरहेको बेला जंगली भालुले आक्रमण गरी बाख्रा मारेको हो । पीडित बोहराले आय स्रोतको प्रमुख स्रोत बाख्रा रहेको र वर्षभरि लगाएर पालेका बाख्राको बथानलाई एक दिनमै भालुले आक्रमण गरेर मारेपछि निकै ठुलो क्षती भएको भएको बताएका छन् ।

बाख्रा पालन व्यावसाय गरेरै जिविकोपार्जन गर्दै आएका बोहोराका बाख्रा एकैदिन भालुले मारिदिएको हो । गत वर्षपनि हिमाली गाउँपालिकामा दुई परिवारका एक सय बढी भेडाबाख्रा भालुले मारेको थियो। यसरी वर्षेनी जंगली जनावरले आक्रमण गर्न थालेपछि स्थानीय चिन्तित भएका छन् ।

प्रतिक्रिया