बाजुरा ः जिल्ला अदालत बाजुराको परिसरबाटै हत्कडी सहित भागेका कैदी एक घण्टा पछि पुनः पक्राउ परेका छन् । चोरी मुद्धामा कैद फैसला भएका बुढीगंगा नगरपालिका-६ का गोपाल विकलाई फागुन ९ गते बिहान पक्राउ गरी जिल्ला अदालत बाजुरामा पेश गर्ने क्रममा हत्कडी सहित भागेका थिए ।
अदालतबाट भागेर गएको एक घण्टा पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक दीलिप कुमार गिरीले बताएका छन् । ग्याविनको जाली चोरेको आरोपमा ०८० माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
उजुरी पश्चात ०८१ जेठ २७ गते जिल्ला अदालत बाजुराले दोषी ठहर गरी ९ महिना कैद सजाय हुने गरी फैसला गरेको थियो । २० दिन हिरासत बसेर ८ महिना १० दिन कैद भुक्तान हुन बाँकी रहेको अवस्थामा पक्राउ गरी अदालत उपस्थित गराएर कारागार चलानका लागि प्रक्रियामा रहेको बेला अदालत परिसरबाटै भागेका थिए ।
अभियुक्त विकलाई प्रहरीले आजै समातेर जिल्ला अदालतबाट कारागार चलानका लागि लगिएको र सोही क्रममा चर्पी जाने बहाना बनाएर भागेका हुन् ।
प्रतिक्रिया