बाजुरा ः बाजुराको बुढीगंगा नगरपालिका-८ मोटाबाडामा बिहेको निम्तोमा गएका दुई समूहबीच दोहोरो झडप हुदाँ एक जनाको मृत्यु भएको छ ।
झडपमा परेर गम्भीर घाईत भएका बुढीगंगा नगरपालिका-८ डुंग्रीतोलाका अन्दाजी २९ वर्षीया रणबहादुर थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराका अनुसार बिहीबार राति बिहेको निम्तो खान गएका दुई समूहबीच दोहोरो झडप भएको थियो ।
झडपमा रण बहादुर थापा गम्भीर घाईते भएका थिए । थापाको उपचारको क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएको हो ।
प्रारम्भिक सूचनाका आधारमा ३ जनालाई पक्राउ गरी घटनाबारे सोधपुछ तथा अनुसन्धान भईरहेको छ । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका-७ का खेमराज विष्ट, लोकेन्द्र खड्का, दीर्घ विष्टलाई पक्राउ गरेर थप अनुसन्धान प्रहरीले अघि बढाएको छ ।
मृत्यक थापालाई बयालपाटा अस्पतालबाट पोष्टमार्टमको लागि जिल्ला अस्पताल बाजुरा ल्याउने तयारी भइरहेको छ । घटनाका विषयमा थप सोधपुछका लागि दुई जना प्रहरीले पुनः समातेको छ ।
प्रतिक्रिया