गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०१:४०

प्रजातन्त्र दिवसलाई दायित्व बोधको रुपमा लिऔं ः नेता थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन ०७, २०८१
प्रजातन्त्र दिवसलाई दायित्व बोधको रुपमा लिऔं ः नेता थापा

बाजुरा ःनेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले प्रजातन्त्र दिवसलाई दायित्व बोधका रुपमा लिनुपर्ने बताएका छन् ।  नेकपा (एमाले) जिल्ला कमिटी बाजुराले आयोजना गरेको प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

३० वर्षसम्म नेपालमा पञ्चायती व्यवस्था चलेर २०४६ पछि मात्र पञ्चायतको व्यवस्था अन्त्य भएको उल्लेख गर्दै बल्ल जनताले संघीयताको महसुस गर्न पाएको बताएका छन् । राणाका विरुद्ध चार जना शहीदले आफ्नो जीवन आहुती दिएर अन्यायका विरुद्ध लडेको स्मरण गराउदै सार्वजनिक ठाउँमा राखेर उनीहरुको त्यो बेला हत्या गरिएको बताएका छन् ।

देश र जनताको परिवर्तनका लागि हालसम्म एमाले अग्र भागमा रहेकोले सत्य कुरा स्थापित गर्न नेता कार्यकर्ताले भूमिका खेल्न आग्रह गरेका छन् ।बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच, राज्यको संस्थागत र सामार्थ्यबीच लय मिलाएर संगतिपूर्ण ढङ्गले गठबन्धन सरकार अघि बढेको बताएका छन् ।

नेपालको राजनीतिक चित्र खराब देखेको टिप्पणी गर्दै जनताले दल भन्दा खराब प्रवृत्ति भएका व्यक्ति पछाडी हुल देख्ने गरेको बताएका हुन् । रवी, बालेन र हर्कलाई सुन्ने जनतामा भ्रम सिर्जना भएकोले पार्टीमा निर्मम संवाद र समीक्षा गर्न जरुरी रहेकोमा जोड दिएका छन् । 
 

प्रतिक्रिया