गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०१:४०

सभ्य समाज निर्माण गर्ने सपना एमालेसंग छ ः ईन्चार्ज थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन ०७, २०८१
सभ्य समाज निर्माण गर्ने सपना एमालेसंग छ ः ईन्चार्ज थापा

बाजुरा ः नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लालबहादुर थापाले सभ्य समाज निर्माण गर्ने सपना एमालेसंग मात्र भएको बताएका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी बाजुराले आयोजना गरेको प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लोकतन्त्र र मौलिक अधिकार लागि आहुती दिने शहीद प्रति सम्मान व्यक्त गर्दै राजनीतिक स्थायित्व हालसम्म पनि नभएकोले राजनीतिक स्थायित्व कायम गरेर एमाले अघि बढ्ने बताएका छन्।

तत्कालीन राजा महेन्द्रले लोकतन्त्रको घाँटी निमोठेर आफ्नो शासन कायम गरी जनतालाई पीडा दिएको स्मरण गर्दै हालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल ठुलो संघर्ष पश्चात् प्राप्त भएको बताएका छन् ।

‘लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको छ । तर हाम्रा चुनौती अझै बाँकी छन् । लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै, समाजमा व्याप्त असमानता, गरिवी र भ्रष्टाचारलाई हटाउँदै हामी ती चुनौतीलाई चिर्ने थापाको भनाई रहेको थियो । 

प्रतिक्रिया