गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५५
Dho

बाजुराकी सुत्केरी महिलाको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु, ६ सन्तानको बिचल्ली

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, साउन २१, २०८०
बाजुराकी सुत्केरी महिलाको सेती प्रादेशिक अस्पताल  धनगढीमा मृत्यु, ६ सन्तानको बिचल्ली

बाजुरा : बाजुराकी एक सुत्केरी महिलाको  धनगढीमा रहेको सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा  बाजुराको खप्तड छेडेदह गाउँपालिका ४ खाति गाउँकी २९ वर्षिया रिठु धामी रहेकी छन् ।

जुम्ल्याह छोरा जन्माएको केही समयमै उपचारको क्रममा उनको  मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।  शनिवार साँझ आईसियु कक्षमा उनको मृत्यु भएको  हो । रिठुले सेति प्रादेशिक अस्पताल शुक्रवार बिहान एउटा छोरा सामान्य जन्माएको अर्को छोरा भने अप्रेशन मार्फत जन्माएको अस्पताल श्रोतले बताएको छ । उनलाई अफ्ठयारो भएपछि आईसियुमा राखेर उपचार गरिएको थियो । रिठुका यो भन्दा पहिला ४ वटा सन्तान रहेका छन् । उनिबाट जन्मीएका जुम्ल्याह छोरा पनि जिवित रहेका छन् ।

 आमाको मृत्यु पछि जुम्ल्याह छोरा सहित ६ जना बच्चा बिचल्लीमा रहेको नेपाली काँग्रेसका युवा नेता ताल बहादुर रावतले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् । आमाको   रिठुको पेटमा दुइवटा बच्चा रहेको जानकारी पछि उनलाइ १ महिना पहिलानै बाजुराको गुदुखाति स्वास्थ्य चौकीले धनगढी रिफर गरेको थियो । 
 
बाजुरामा ४ बर्षमा मात्रै रिठु लगायत  १३ जना गर्भवती तथा सुत्केरीको मृत्यु भएको छ । समयमै उपचार नपाउदा बाजुराका महिलाले अकालमै ज्यान गुमाउनु परेको छ । २०७६ सालमा ५ जना, २०७७ सालमा १ जना, २०७८ मा २ जना, २०७९ मा ३ जना र २०८० सालमा २ जना सुत्केरीको मृत्यु भएको छ । मृत्यु भएकी १३ मध्ये सुत्केरी ८ जनाको स्वास्थ्य संस्थामा, दुइजनाको घरमा र तीन जनाको धनगढी लैजादै गर्दा बाटामो मृत्यु भएको थियो ।   

।   

प्रतिक्रिया