गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०१:५३

(एमाले) बाजुराले मनायो प्रजातन्त्र दिवस

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन ०७, २०८१
(एमाले) बाजुराले मनायो प्रजातन्त्र दिवस

बाजुरा ः नेकपा (एमाले) जिल्ला कमिटी बाजुराले प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । बुधबार प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाएको पार्टी अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।

विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाईन्छ ।

सोही अनुसार नेकपा (एमाले) जिल्ला कमिटी बाजुराले औपचारिक कार्यक्रमका साथ मनाएको सचिव काँशी विकले बताएका छन् । पार्टी कार्यालयमा औपचारिक कार्यक्रमका बीच दिवस मनाईएको हो ।

सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाईएको छ । पार्टी कार्यालयमा फोटोमा माल्र्यपर्ण र श्रद्धाञ्जली नेता तथा कार्यकर्ताले गरेका छन् ।

राज्य शक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । नेकपा (एमाले) जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा मनाईएको दिवसको प्रमुख अतिथि स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका थिए ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लालबहादुर थापा, पूर्व संविधानसभा सदस्य बसुन्धरा रोकाया रहेकी थिईन् ।

सचिव काँशीबहादुर विकले सञ्चालन गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का लगायत पार्टीका अन्य नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया