गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०१:२९

माधव नेपालको गृह जिल्ला रौतहटमा नै रित्तियो समाजवादी प्रेस संगठन

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन ०६, २०८१
माधव नेपालको गृह जिल्ला रौतहटमा नै रित्तियो समाजवादी प्रेस संगठन

चन्द्रपुर ःनेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृह जिल्ला रौतहटका समाजवादीमा रहेका पत्रकारहरू आफ्नो मुल घर प्रेस चौतारी नेपालमै फर्किएका छन् ।

प्रेस चौतारीको आठौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झा आफ्नो सिंगो टीमसहित प्रेस चौतारीमा फर्किनुभएको छ ।

झाले महासंघको दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नू भएको थियो । झासँगै उक्त संगठनका केन्द्रीय सदस्य कृष्ण तिवारी पनि प्रेस चौतारीमा फर्कनु भएको छ ।

झा र तिवारीलाई चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र वरिष्ठ नेता विश्वमणि सुवेदी, महासचिव हिरामान लामालगायत मधेश प्रदेशका नेकपा एमाले र प्रेस चौतारीका नेताहरूले स्वागत गर्नुभयो।

रौतहटका ४ जना समाजवादी पत्रकारमध्ये यसअघि एकजनासहित हालसम्म ३ जना चौतारीमा फर्किएको जिल्ला अध्यक्ष आदर्श उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया