बाजुरा ः नेकपा (एमाले) जिल्ला कमिटी बाजुराले प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ । बुधबार प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउने पार्टी अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।
विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाईन्छ ।
सोही अनुसार नेकपा (एमाले) जिल्ला कमिटी बाजुराले विभिन्न कार्यक्रम गरी मनाउने गरी तयारी गरिएको सचिव काँशी विकले बताएका छन् । पार्टी कार्यालयमा औपचारिक कार्यक्रमका बीच दिवस मनाईने भएको छ ।
सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको छ । पार्टी कार्यालयमा फोटोमा माल्र्यपर्ण र श्रद्धाञ्जली कार्यक्रम गरी मनाईने उनले बताएका छन् ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
प्रतिक्रिया