गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०१:३१

बालक मृत्यु प्रकरण ः साँफे-मार्तडी सडक पुन ः बन्द

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन ०५, २०८१
बालक मृत्यु प्रकरण ः साँफे-मार्तडी सडक पुन ः बन्द

बाजुरा ःआईतबार बसको ठक्करबाट मृत्यु भएका बालकका परिवारले न्यायको माग गर्दै पुनः साँफे-मार्तडी सडकखण्ड बन्द गरेका छन् ।

पीडित परिवारले उचित क्षतिपूर्तिका लागि माग गर्दै सोमबार बिहानैबाट सडक बन्द गरेको मृत्यक बालकका आफन्त नवराज पाध्याले बताएका छन् ।

बसको ठक्करबाट बुढीगंगा नगरपालिका-१ अम्कोट अर्जुन प्रसाद पाध्यायका ८ वर्षीया छोरा नयन पाध्यायको मृत्यु भएको थियो ।

धनगढीबाट मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिदाँ बालक गम्भीर घाईते भएका थिए ।

बसको ठक्करबाट गम्भीर घाईते भएका ८ वर्षीय बालक नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा उपचार क्रममा आईतबार बिहान मृत्यु भएको थियो ।

सडक बन्द भएपछि काठमाण्डौं, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज लगायत तराई जाने र बाजुरासम्म आवतजावत गर्ने सवारी साधन ठप्प भएका छन् ।

बसको ठक्करबाट घाईते बालकको उपचारका क्रममा मृत्यु, आमा घाईते

प्रतिक्रिया