बाजुरा ःबाजुराबाट विद्यार्थी बोकेर पोखरा भ्रमणमा जान लागेको बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका-४ आमखोलीका दुर्घटना भएको छ ।
आईतबार बेलुका ५ः३० बजेतिर सु.प.प्र.०१००१ ख ३०५४ नम्बरको बसको ब्रेक फेल भएर सडकबाट कम्तीमा १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् । दुर्घटनामा ६ जना विद्यार्थीहरू घाईते भएको छन् ।
घाइतेको उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा पठाइएको छ । प्राविधिक धारका विद्यार्थी लिएर पोखरा भ्रमणमा गएको बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
घाईते विद्यार्थीको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भईरहेको नगर प्रमुख बाँनियाको भनाई रहेको छ । बसमा विद्यार्थी र शिक्षक गरी ४० बढी सवार रहेको प्रहरीले जनाएको छ ।
बसले बाजुराको बुढीगंगा भानोदय माध्यामिक विद्यालयका विद्यार्थीलाई भ्रमणका लागि पोखरा लिन लागेको बताइएको छ ।
प्रतिक्रिया