गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:१२

पत्रकार महासंघका संस्थापक अध्यक्षलाई पितृ शोक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन ०४, २०८१
पत्रकार महासंघका संस्थापक अध्यक्षलाई पितृ शोक

बाजुरा ः नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डितलाई पितृ शोक परेको छ । पण्डितका पिता नन्दाराम पण्डितको ८७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको आफन्त मदनराज जैशीले बताएका छन् ।

बडीमालिका नगरपालिका–७ जिल्ली स्थायी घर भएका पण्डित विगत लामो समयदेखि दम रोगका कारणले ग्रसित बनेका थिए ।

प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य समेत रहेका पण्डितका बुबाको निधनले पत्रकार महासंघ जिल्ला शाखा, बाजुरा मर्माहत भएको अध्यक्ष पदमबहादुर सिंहले बताएका छन् । निवासमै निधन भएका पण्डितका बुबाको आईतबार नै अन्तिम दाहासंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । 

प्रतिक्रिया