बाजुरा ःबसको ठक्करबाट बालकको मृत्यु भएपछि साँफे-मार्तडी सडकखण्ड बन्द गरिएको छ । बुढीगंगा नगरपालिका-१ अम्कोट अर्जुन प्रसाद पाध्यायका ८ वर्षीया छोरा नयन पाध्यायको मत्यु भएको हो ।
धनगढीबाट सदरुमकाम मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिदाँ बालक गम्भीर घाईते भएका थिए ।
बसको ठक्करबाट गम्भीर घाईते भएका ८ वर्षीय बालक नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा उपचार क्रममा आईतबार बिहान मृत्यु भएको थियो ।
सडक बन्द भएपछि काठमाण्डौं, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज लगायत तराई जाने र बाजुरासम्म आवतजावत गर्ने सवारी साधन ठप्प भएका छन् । मृतकका आफन्त नवराज पाध्यायले सडक बन्द गरेको बताएका छन् ।
गर्भवती आमाको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत रेफर गरिएको छ भने बालकको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको थियो ।
प्रतिक्रिया