बाजुरा ः साँफे-मार्तडी सडकखण्डमा पर्ने अम्कोटमा बसको ठक्करबाट घाईते भएकी महिलालाई रेफर गरिएको छ । बुढीगंगा नगरपालिका-१ अम्कोट स्थायी घर भएकी ३५ वर्षीया बिस्ना पाध्याय बसको ठक्करबाट घाईते भएकी हुन् ।
धनगढीबाट सदरुमकाम मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिदाँ घाइते भएकी थिईन् । बस रोकेर राखेर यात्रु झारेको र फेरि सञ्चालन गर्ने क्रममा ब्रेक नलागेर बसले किच्दा उनी घाईते भएको हुन् ।
६ महिनाको पेटमा बच्चा भएकी गर्भवती महिलाको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि सुर्खेत रेफर गरिएको जिल्ला अस्पताल बाजुराका निमित्त सुपरिटेन्डेन्ट डा. सुनिल कुमार शाहले बताएका छन् ।
पेटमा रहेको बच्चाको धड्कन विस्तारै कम हुदै गएको र आमाको खुट्टामा चोट लागेका कारण जिल्ला अस्पतालमा उपचार गर्न सम्भव नभएको उनले बताएका छन् ।
बसको ठक्करबाट गम्भीर घाईते भएका ८ वर्षीय बालक नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा उपचार क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया