गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०१:२५

व्यक्तिको जग्गामा निर्माण हुन लागेको वडा कार्यालयको भवन अलपत्र

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, फागुन ०१, २०८१
व्यक्तिको जग्गामा निर्माण हुन लागेको वडा कार्यालयको भवन अलपत्र

बाजुरा ः बुढीगंगा नगरपालिकामा-७ को वडा कार्यलय भवन व्यक्तिको जग्गामा निर्माण भईरहेको पाईएको छ । व्यक्तिको जग्गामा भवन निर्माण भइरहेपनि काम भने अलपत्र अवस्थामा रहेको छ । निर्माण सम्पन्न गर्नुपर्ने समय भन्दा तीन वर्ष बितिसक्दा पनि भवनको जग हालेर अलपत्र अवस्थामा पारिएको छ ।

नगरले २०७७ सालमा व्यक्तिको जग्गामा वडाको कार्यलय बनाउने गरी ठेक्का गरेको थियो । १ करोडमा गरिएको ठेक्कामा के.आर.निर्माण सेवाले ६० लाख ८४ हजार ३ सय ८८ मा काम गर्ने गरी सम्झौता गरेको थियो । सम्झौता २०७७ चैत २५ गते गरेर सम्पन्न मिति २०७८ असोज १५ गते सम्पन्न गर्ने थियो ।

काम सम्पन्न हुने मिति सकिएका तीन वर्ष बढी भईसक्दा पनि भवन बन्ने कुनै अत्तो पत्तो छैन् । भवनको ठेक्का गर्ने बेला स्थानीय जग्गा धनीले निःशुल्क जग्गा दिने गरी कागज बनाएको थियो । तर काम सुरु गरेको चार वर्षसम्म पनि जग्गा वडा कार्यलयका नाममा हुन सकेको छैन्, भने अर्को भवन पनि अलपत्र नै छ ।

वडा अध्यक्ष भुवनसिंह केसीले भने वडा कार्यलयको ठेक्का देखि सबै काम नगरपालिकाका भएको बताएका छन् । यो भवन निर्माण नहुनुमा नगरपालिका दोषी रहेको उनको आरोप छ । अहिले व्यक्तिको जग्गामा भवन निर्माण भइरहेको छ, तर भवन निर्माण भयो भने वडा कार्यलयका नाममा चाडै जग्गा पास गर्ने केसीको भनाई रहेको छ ।

यता नगर प्रमुख रामबहादुर बाँनियाले पहिला जग्गा वडा कार्यलयको नाममा हुनेपर्ने बताएका छन् । अघिल्लो कार्यकालमा कसरी व्यक्तिको जग्गामा ठेक्का गरेको थाहा भएन्, तर वडा कार्यलयको नाममा जग्गा पास भए चाडै काम सुरु गरिने र निर्माण कम्पनीको पनि काममा लापरबाही भएको बताए ।

भवन निर्माण अलपत्र छ, वडा कार्यालय एउटा जीर्ण कोठामा सञ्चालन भइरहेको छ । सिमलकोट गाउँमा रहेको बाल शिक्षालाई विस्तापित गरेर विगत सात वर्षदेखि सानो कोठामा वडा कार्यालय सञ्चालनमा रहेको छ । एउटा कोठामा ६ जना कर्मचारी र  एक जना वडा अध्यक्ष बस्ने गरेका छन् ।

वडा कार्यालयको भवन नबन्नुमा नगरपालिका र वडा कार्यालय दोषी भएको स्थानीयले बताएका छन् । नगर र वडा एक अर्कालाई आरोप लगाउदै ठीक्क छन् । वडा अध्यक्ष काँग्रेसबाट दोस्रो पटक निर्वाचित हुन् ।

नगरपालिका नगर प्रमुख एमालेबाट निर्वाचित सँगै कार्यपालिकामा एमालेको बहुमत रहेको छ । यो भवन ठेक्का हुने समयमा भने काँग्रेसबाट निर्वाचित नगर प्रमुख दीपक विक्रम शाह थिए ।
 

प्रतिक्रिया