गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४८
Dho

शनिबार देशका यी ठाउँमा वर्षा हुने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, साउन २०, २०८०
शनिबार देशका यी ठाउँमा वर्षा हुने

बाजुरा : शनिबार देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया