बाजुरा ः बाजुरामा एक बालिका माथि सामूहिक बलात्कार भएको छ । बुढीगंगा नगरपालिका-६ की अन्दाजी १६ वर्षीया बालिका माथि तीन जनाले सामूहिक बलात्कार गरेका हुन् ।
माघ २१ गते साँझ घर नजिकको सडकमा हिड्दै गरेकी बालिकालाई जबरजस्ती गरेर तीन जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पीडित पक्षले घटना भएको ४ दिनपछि माघ २५ गते जिल्ला प्रहरी कार्यालमा जाहेरी दिएका छन् । सोही ठाउँका तीन जना विरुद्ध जाहेरी प्रहरीमा जाहेरी परेको छ ।
पीडित पक्षले बालिकालाई बलात्कार गरेको भन्दै २५ वर्षीया मार्सल थापा, २३ वर्षीया किरण थापा, ४० वर्षीया दिर्घ थापाका विरुद्ध जोहरी दिएको बुझिएको छ ।
प्रहरीका अअनुसार आरोपित तीनै जना आरोपित अहिले फरार रहेका छन् । बालिका माथि भएको सामूहिक बलात्कारको सम्बन्धमा आवश्यक अनुसन्धान र फरार रहेका आरोपीहरुको खोज कार्य भईरहेको प्रहरीको भनाई रहेको छ ।
प्रतिक्रिया