गाैमुल खबर डटकम बुधबार २८, फागुन २०८१ १०:१३

अन्ततः श्रीमानसँग अलग भइन् एलिना, विवाहकाे ९ महिनामै सम्बन्ध विच्छेद

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, माघ २९, २०८१
अन्ततः श्रीमानसँग अलग भइन् एलिना, विवाहकाे ९ महिनामै सम्बन्ध विच्छेद

काठमाडौं :  गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्ध विच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो ।

एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरुको वैवाहिक सम्बन्ध १० महिना पनि टिक्न सकेन । एलिनाका दाइ प्रल्हाद चौहानले सम्बन्धविच्छेदको पुष्टि गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मेरी बहिनीले तिमीबाट भोगेका शारीरिक, मानसिक र भावनात्मक यातनाको हिसाब आजबाट समाप्त भएको छ । आजदेखी मेरी बहिनी र विष्णु सापकोटाको सम्बन्ध कानूनी रुपमा समाप्त भइसकेको छ ।’

एलिनाले श्रीमानसँग अंश र मानाचामलको दावी गरेकी छैनन् । त्यही भएर डिभोर्स प्रक्रिया छिटो भएको हो । हाल अष्ट्रेलियामा बस्दै आएका बिष्णुले वारेस मार्फत डिभोर्सको मुद्दा लडेका थिए ।

प्रतिक्रिया