गाैमुल खबर डटकम बुधबार २८, फागुन २०८१ १०:१०

स्वामीकार्तिकमा नुन डिपो स्थापना गर्न मन्त्रालयमा माग

गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ २८, २०८१
स्वामीकार्तिकमा नुन डिपो स्थापना गर्न मन्त्रालयमा माग

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा नुन डिपो स्थापना गर्न माग गरेको छ । नुन डिपो स्थापनका लागि उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयमा माग पत्र बुझाएको स्वामीकार्तिक खापर गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेर बहादुर शाहीले बताएका छन् ।

स्वामीकार्तिक खापर गाउँपालिका नागरिकलाई नुन लिनकै लागि बुढीनन्दा नगरपालिकाको कोल्टी जान समय लाग्ने र बढी खर्चिलो हुने अवस्थालाई मध्येनजर गरी उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दमोदर भण्डारीलाई गाउँमै नुन डिपो सञ्चालन गर्न माग पत्र बुझाएको हो । 

नुनको अभाव भईरहेकाले मागअनुसारको प्रयाप्त मात्रामा नुन उपलब्ध नहुने हुँदा जनतालाई सहज, सुलभ र गुणस्तरीय सेवाका लागि स्वामीकार्तिकमै नुन डिपो आवश्यक रहेको माग पत्रमा भनिएको छ ।

आइतबार मन्त्रालयमै पुगेर नेपाल सरकारको अनुदान नुन वितरण गर्नका लागि डिपो स्थापन गरिदिन मन्त्री भण्डारी समक्ष माग पत्र बुझाएको शाहीले बताएका छन् ।

माग पत्र बुझ्दै मन्त्री भण्डारीले नुन डिपो स्थापनको लागि सम्बन्धित निकायमा टेलिफोन मार्फत काम अगाडी बढाउन निर्देशन गरेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी तथा खेलकुद महासंघ स्थायी कमिटी सदस्य युवराज शाहीले बताएका छन् ।    

May be an image of blueprint, ticket stub and text

प्रतिक्रिया