गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४८
Dho

बुढीगंगा नगरपालिकाले महिला कृषक समूहलाई बीउ भण्डारण ब्याग वितरण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन १९, २०८०
बुढीगंगा नगरपालिकाले महिला कृषक समूहलाई बीउ भण्डारण ब्याग वितरण

बाजुरा ः बुढीगंगा नगरपालिका कृषि शाखाद्धारा महिला कृषक समूहलाई बीउ भण्डारण ब्याग वितरण गरिएको छ । शुक्रबार नगरपालिकाको वडा नम्बर ५ कोटबाडामा रहेको महिला समूहलाई ५० प्रतिशत अनुदानमा बीउ भण्डारणका लागि सुपरग्रिन ब्याग २४ जना महिलालाई वितरण गरिएको नगर उपप्रमुख माया कुवँर (खड्का) बताईन् ।

उक्त ब्यागमा गहुँ, मकै तथा धानको बीउ भण्डारण गर्नका लागि केही अनुदानमा भएपनि कृषक समूहलाई वितरण गरिएको हाे । उक्त कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका सम्पूर्ण कृषक समूहलाई केही दिनमा वितरण गर्न योजना रहेको छ । ब्याग वितरण कार्यक्रममा नगर उपप्रमुख माया कुवँर (खड्का), कृषि शाखा प्रमुख बीरेन्द्र बिष्ट, कृषक समूहका महिला तथा स्थानिय लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया