गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ११:४०

कर्णाली नदीमा डोजर सहित फसेका तीन जनाको सकुशल उद्दार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ २७, २०८१
कर्णाली नदीमा डोजर सहित फसेका तीन जनाको सकुशल उद्दार

बाजुरा ः कर्णाली नदीमा डोजर सहित फसेका तीन जनाको सकुशल उद्दार गरिएको छ । विकास निर्माणको कार्यका लागि जुम्लाबाट आएर हुम्ला जाने क्रममा हिमाली गाउँपालिका-४ झुगला कर्णाली नदीमा डोजर फसेको थियो ।

जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका-७ का डोजर चालक सूर्य बहादुर पछाई, मानु पछाई र राजेन्द्र वड सहित तीन जनाको सकुसल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।

आईतबार दिउँसो करिब चार घण्टादेखि तीन जना मानिस सहित डोजर बीच कर्णाली नदीमा फसेको थियो । कर्णाली नदीमा खसेको डोजर पूर्ण रुपमा नडुबेको अवस्थामा रहेको थियो ।

धुलाचौर प्रहरी चौकी र हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल सहित कर्मचारीहरुको टोलीले तीनै जनाको उद्दार गरेको बताईएको छ । र्याफ्टीगको प्रयोग गरेर उनीहरुको उद्दार गरिएको हो । 

प्रतिक्रिया