गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ ११:५३

तीन जना मानिस सहित कर्णाली नदीमा डोजर फस्यो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ २७, २०८१
तीन जना मानिस सहित कर्णाली नदीमा डोजर फस्यो

बाजुरा ः कर्णाली नदीमा डोजर फसेको छ । विकास निर्माणको कार्यका लागि जुम्लाबाट आएर हुम्ला जाने क्रममा हिमाली गाउँपालिका–४ झुगलामा रहेको कर्णाली नदीमा डोजर खसेको पत्रकार नारायणदत्त उपाध्यायले बताएका छन् ।

५ घण्टादेखि तीन जना मानिस सहित डोजर बीच कर्णाली नदीमा फसेको प्रत्यक्ष स्थलमै रहेका पत्रकार उपाध्यायले जानकारी दिएका छन् । उता मुगु खत्याड गाउँपालिका रहेको छ । तीनै जनाको अवस्था सामान्य रहेको छ ।

डोजर कर्णाली नदीमा खसेको तर पूर्ण रुपमा नडुबेको अवस्थामा रहेको छ । धुलाचौर प्रहरी चौकीबाट प्रहरीको टोली उद्दारका लागि आएको छ । लाईभ ज्याकेट लगाएर डोरी बाँधेर उद्दार गर्ने गरी प्रहरीको तयारी रहेको छ । 
 

प्रतिक्रिया